नवलपुर, १३ भदौ – सर्लाही-काठमाडौं रुटमा नाइट बस संचालन गर्ने शिव पार्वती यातायातले भोटेकोशी बाढी पीडितका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
उक्त यातायातका संचालक लालबन्दी नगरपालिका-१ नवलपुरका दीपक श्रेष्ठले बाढी पीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । आफूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यूआर गरिदिएको श्रेष्ठले जानकारी दिए ।
देशमा संकट आइपर्दा व्यवसायबाट कमाएको रकमको केही अंश यसरी सहयोग गर्दै आइरहेको श्रेष्ठले उज्यालो अभियानसँग बताए ।
