logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रक्षाबन्धनमा बिहानैदेखि वर्षा, गर्मीबाट राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १२ भदौ – रक्षाबन्धनका दिन शुक्रबार बिहानैदेखि सर्लाहीमा पानी पर्ने र रोकिनक्रम जारी रहेको छ ।

केही भू–भागमा आरिघोप्टे वर्षासमेत भएको स्थानीयले जानकारी दिएका छन् । तुलनात्मक रुपमा जिल्लाको चुरेवर्ती क्षेत्र र महेन्द्र राजमार्ग आसपासको क्षेत्रमा ठुलो पानी परेको छ ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका अजय खड्काले आफूहरुको क्षेत्रमा बिहानैदेखि पानी पर्ने र रोकिनेक्रम जारी रहेको जानकारी दिए । पानी परेपछि स्थानीय वासिन्दाले गर्मीबाट राहत पाएका छन् ।

पानी परेपछि धान, उखु, कोदो, मकैलगायतका बालीलाई फाइदा पुग्दा किसान खुसी भएका छन् । तत्काल धुलो, धुँवाको प्रदुषणसमेत कम भएको छ ।

बिहानैदेखि वर्षा भइरहँदा रक्षाबन्धनका लागि निस्किएका चेलिबेटी भने प्रभावित बनेका छन् । पानी परेर बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायतका खोलामा बाढी आउँदा जाउजाउ गर्न समस्या परेको छ ।

रक्षाबन्धनका कारण मोटरसाइकल, टेम्पु, म्याजिकलगायतका सवारी साधनमा मानिसको आउजाउ बाक्लिएको छ ।