नवलपुर, ११ भदौ – गोसाइकुण्ड जाँदा सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका–१, नवलपुरका दम्पत्ति सम्पर्कमा आएका छन् ।
नवलपुरका बृजकिशोर दास र उनकी श्रीमती सुनितादेवी दास आज बिहान सम्पर्कमा आइसकेका लालबन्दी–१ का वडाध्यक्ष हरिबहादुर भट्टराईले उज्यालो अभियानलाई जानकारी दिए ।