logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

सर्लाहीको उत्तरी भेगमा वर्षा, गर्मीबाट राहत


  • उज्यालो अभियान

आज आइतबार अपरान्ह लालबन्दी क्षेत्रमा परेको पानी । (तस्बिरः उज्यालो अभियान)

लालबन्दी, ०७ भदौ – उखरमाउलो गर्मीबाट आलसतालस भएका सर्लाहीका स्थानीयले अहिले साँझपख वर्षा भएपछि राहत पाएका छन् ।

टन्टलापुर घाम र चर्को गर्मीका कारण छटपटिएका स्थानीयले पानी परेर शित्तलता महसुस गर्न पाएका हुन् ।

बिहान उज्यालो हुँदादेखि नै घाम चर्किएर प्रभावित भएका स्थानीयलाई पानी परेर तत्कालका लागि गर्मीबाट मुक्ति मिलेको हो । पानी नपरेको क्षेत्रमा पनि मौसम धुम्मिएर तथा चिसो हावा चलेर गर्मी घटेको स्थानीयले बताएका छन् ।