लालबन्दी, ०७ भदौ – बिहानैदेखिको चर्को घाम र उखरमाउलो गर्मीले सर्लाहीको जनजीवन आज पनि प्रभावित बनिरहेको छ ।
बिहान उज्यालो हुँदादेखि नै घाम चर्किदा स्थानीय आलसतालस परेका छन् । हिजो पनि यहाँ अत्यधिक गर्मी रहेको थियो । साँझपख मौसम बद्ली भएर पानी पर्ला जस्तो हुँदा केही मात्रामा शित्तलता महसुस भए पनि आज पुनः उखरमाउलो गर्मी भइरहेको हो ।
गर्मीका कारण बाहिर निस्कनुपर्नेहरु, खेतबारी तथा निर्माणको काम गर्नुपर्नेहरु सबैभन्दा प्रभावित भइरहेका छन् ।
चर्को घाम र गर्मीले गर्दा सडक, बजारमा मानिसको आउजाउ पातलो देखिएको छ ।