नवलपुर, ०७ भदौ – बलात्कारपछि निर्मम हत्या गरिएको ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित नवलपुरमा प्रदर्शन गरिएको छ ।
श्रेष्ठ कम्प्युटर इन्ष्टिच्यूट प्रा.लि. को अगुवाईमा स्थानीय युवा, युवती र सर्वसाधरण स्वतस्फूर्त रुपमा सहभागी भएर गरिमालाई न्याय दे, दोषीलाई कडा भन्दा कडा कारवाही गर, छोरीलाई सुरक्षा दे जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

गरिमाप्रति श्रद्धान्जली व्यक्त गर्दै गएसाँझ लालबन्दी र मलंगवामा दीप प्रज्वलन गरिएको थियो ।
गरिमाको बुवा र आमासँग गएराति अबेर गृहमन्त्री सुधन गुरुङसहितको टोलीले सहमति गरेपछि गरिमाको हत्यापछि करिव एक साता अशान्त बनेको बाराको सिमरा क्षेत्र आज भने शान्त बनेको छ ।
मृतक गरिमाको परिवारसँग सहमति भएसँगै सिमरा, पथलैया, वीरगन्ज क्षेत्रमा निर्वाधरुपमा यातायात सञ्चालन हुन थालेका छन् ।