logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

हरिवन, ०७ भदौ – लागुऔषध प्रभावित गाउँको रुपमा परिचित सर्लाहीको हरिवन नगरपालिका ३ डाबरीमा आज बिहान नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयले लागुऔषधको कारोवार तथा दुर्व्यसनी नियन्त्रण गर्ने उद्देश्यसहित डाबरी चोकमा नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी प्रमुख रविन्द्रनाथ पौडेल, अन्य सुरक्षा अधिकारी, हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनलगायतको उपस्थिति रहेको थियो ।

प्रहरीका अनुसार लागुऔषधको प्रयोगबाट हुने हानी र ओसारपसार तथा कारोवार गर्दा हुने सजायबारे स्थानीयलाई जानकारी गराउन नागरिक सुनुवाई गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी, डिएसपीसहितको टोली यसअघि पनि डाबरी पुगेर स्थानीयलाई सचेत गराउने र सर्च अभियान चलाएर लागुऔषध बरामद गर्ने गरेका थिए ।