logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरमा लुकाएर राखिएको तीन क्विन्टल गाँजा बरामद


  • उज्यालो अभियान

कौडेना, ०४ भदौ – सर्लाही प्रहरीले घरमा लुकाएर राखिएको तीन क्विन्टल गाँजा बरामद गरेको छ ।

जिल्लाको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरका बिजन पटेलको घरमा लुकाएर राखिएको ३०० किलोग्राम गाँजा बरामद भएको हो । गाँजा लुकाएर राखिएको सूचना पाएपछि प्रहरी टोली बिजनको कच्ची घरमा छापा मार्न पुगेको थियो ।

प्रहरी पुगेर खानतलासी लिँदा कोठाभित्रबाट १५ वटा बोरामा रहेको तीन क्विन्टल गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । प्रहरीका अनुसार घरधनी बिजन पटेल फरार भएका छन् ।

उहाँको खोजी भइरहेको डिएसपी गौतमले बताए । सर्लाही प्रहरीले केही दिनदेखि लागुऔषधको बढी कारोवार हुने लालबन्दी, हरिवन, कौडेनालगायत स्थानबाट बारम्बार भारी मात्रामा लागुऔषध बरामद गरिरहेको छ ।