जुटपानी, ०२ भदौ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लालबन्दी उपशाखाले आज पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम लालबन्दी २ जुटपानीका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको छ ।
उक्त कम्पनिको नवौँ वार्षिक उत्सवको अवसरमा वृद्धआश्रममा शरण दिएर राखिएका बुवाआमालाई मिष्ठान्न भोजन गराइएको हो ।
कम्पनिको लालबन्दी उपशाखा प्रवन्धक सरिता कटवाल र कर्मचारी राजु यादव भएर आश्रमका वृद्ध आमबुवालाई बिहानको एक छाक मिष्ठान्न भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।