logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चन्द्रनगरमा कृषि मोटर चोर्ने दुई युवक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

चन्द्रनगर, ३० साउन – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्युतीय पानी तान्ने मोटर चोरी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् ।

किसानले धान खेतमा सिँचाई गर्न जडान गरेको कृषि मोटर चोरीमा संलग्न चन्द्रनगर गाउँपालिका–६, कामदका २० वर्षीय शिवदयाल मुखिया र १९ वर्षीय सजिवन मुखिया पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट चोरी भएको तीन थान मोटरसमेत बरामद गरेको छ ।

साउन २६ गते चन्द्रनगर गाउँपालिका–४, पोखरिया चौरमा जडान गरिएको एक थान मोटर र चन्द्रनगर गाउँपालिका–६, कामदमा जडान गरिएको दुई थान मोटर चोरी भएको थियो । सोही मोटर चोरीमा संलग्न मानिसको खोजी गर्नेक्रममा प्रहरीले शिवदयाल र सजिवनलाई पक्राउ गरेको हो ।

दुवै जनालाई चोरीसम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय केशरगञ्जले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।