मलंगवा, २९ साउन – नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सर्लाहीको अध्यक्षतामा चूनचूनप्रसाद यादव चयन भएका छन् ।
आज सदरमुकाम मलंगवामा सम्पन्न ७ औँ जिल्ला अधिवेशनले यादव अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको सचिवमा बालकेश्वर पन्डित, कोषाध्यक्षमा गीताकुमारी यादव, सदस्यहरुमा श्यामसुन्दर ठाकुर, रामविश्वास राय, अरुणकुमार यादव, ममता कुमारी, शशिनाथ मिश्र र अर्चना कुमारी रहेका छन् ।
समाजका यसअघिका अध्यक्ष रामनरेश यादवको अध्यक्षता, प्रदेश अध्यक्ष रामछविला यादवको प्रमुख आतिथ्यता र डा. सुरेन्द्र रायको विशिष्ठ आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले विशुद्ध रुपमा आयुर्वेद स्वास्थ्यकर्मी एवं आयुर्वेद विकासका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष चूनचूनप्रसाद यादवले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।