गर्मी छल्न नहरमा पौडी खेल्दै गरेका बालबालिका । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २८ साउन सर्लाहीको मौसम आज धाम्मधुम्म भइरहे पनि बिहानैदेखि हपक्क गर्मी महसुस गरिएको छ ।
यसअघि हिजो दिउँसो र साँझपख पानी पर्दा स्थानीयले शित्तलता महसुस गर्न पाएका थिए । आज भने हिजो अस्ती झैँ टन्टलापुर घाम लागेको छैन्, तर पनि स्थानीयले गुम्म गर्मी महसुस गरिरहेका हुन् ।
हिजो सर्लाहीसहित देशभर यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको थियो ।
गएसाँझ पखको गर्मीले तत्काल गर्मी केही कम गराउन मद्धत गरेको छ भने धानसहितका बालीनालीलाई पनि फाइदा गरेको किसानले बताएका छन् ।