logo
  • शुक्रबार, साउन २९, २०८३ / Friday, Aug, 14 ,2026

आफ्नै घरमा वाइरिङ गरिरहेका मन्सुरको करेन्ट लागेर ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मोहनपुर, २६ साउन – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ३८ वर्षीय इद मन्सुरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । मन्सुरलाई आफ्नै घरमा वाइरिङ गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर लागेर गम्भीर घाइते भएका मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका डिएसपी गौतमले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।