प्रतिकात्मक तस्बिर ।
मूर्तिया, २५ साउन – सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियामा ‘अज्ञात किरा’ ले डसेर एक युवकको मृत्यु भएको छ ।
स्थानीय ३५ वर्षीय रामपृत महतोलाई आइतबार साँझ चिन्न नसकेको किराले टोकेपछि तत्कालै उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको थियो । साँझ अबेर वीरगन्ज पुर्याउँदा उनलाई मृत घोषणा गरिएको इलाका प्रहर कार्यालय मूर्तियाले जनायो ।
महतोलाई विषालु सर्पले डसेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे प्रहरीलाई समेत जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी टोली पुगेर घटनाबारे जानकारी लिने काम गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।