बागमती, २५ साउन – सर्लाही र रौतहटका १२ पालिकाका विपत् सम्पर्क व्यक्ति, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतलाई मधेश प्रदेशस्तरीय जलवायु परिवर्तन अनुकूलन तथा न्यूनिकरण सम्वन्धी तालिम प्रदान गरिएको छ ।
बागमतीस्थित सीता प्यालेस होटलमा आइतबार दुई दिने तालिम सम्पन्न भएको हो । हेल्पिङ ह्यान्डको आर्थिक सहयोग तथा स्थानीय समाज विकास केन्द्र हजारबिघाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

सहभागीलाई विपत् तथा जलवायुको सम्वन्धमा नवीन दाहालले प्रशिक्षण प्रदान गरेका आयोजकले जनाएको छ । तालिमको आइतबार स्थानीय समाज विकास केन्द्र हजारबिघाकी रेवती न्यौपानेको अध्यक्षता, हरिपुरका मेयर गोपाल पजियारको प्रमुख आतिथ्यता र हेल्पिङ ह्यान्डका म्यानेजर जीव पोखरेलको विशिष्ठ आतिथ्यतामा समापन गरिएको हो ।
कार्यक्रममा हेल्पिङ ह्यान्डका इआरडिएम हेड तथा मिडिया हेड रब्बानी आलमलगायत अतिथि रहेका थिए ।
तालिम समापनमा जलवायु परिवर्तन सम्वन्धी समस्या आइपरे सामुहिक रुपमा मिलेर समाधानका लागि पहल गर्ने प्रतिवद्धतासहितको घोषणा पत्र जारी गरिएको स्थानीय समाज विकास केन्द्रका टेकबहादुर थापाले जानकारी दिए ।
घोषणा पत्र अर्थात् प्रतिवद्धता पत्र हेर्न सक्नुहुने छ :
Declaration-1,Declaration-2,Declaration-3