बयलवास, २२ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, नरेशखोरमा बाँदरले चिथोरेर एक बालक घाइते भएका छन् ।
घरमा सुतिरहेका बेला बाँदर आएर चिथोर्दा स्थानीय प्रमोद रामका छोरा चार वर्षीय अनिश राम घाइते भएका हुन् । बाँदरले अनुहारमा चिथोरेर घाइते बालकलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि हेटौंडा लगिएको प्रहरी चौकी फूलजोरले जनायो ।
सागरनाथ वन विकास परियोजनाको नजिकै पर्ने नरेशखोर क्षेत्रमा बाँदर आएर बालीनाली खाइदिने र मानिसलाई झम्टने गरेको स्थानीयले गुनासो गरेका छन् ।