मलंगवा, १७ साउन – सर्लाही सदरमुकाम मलंगवामा आज बिहान सद्भाव र्याली निकालिएको छ ।
मलंगवा नगरपालिका कार्यालयको अगुवाइमा ‘सबै समुदायबिच मेलमिलाप कायम गरौँ’ भन्ने उद्देश्यसहित र्याली निकालिएको हो ।

उक्त र्यालीमा सर्लाही २ का प्रतिनिधि सभा सदस्य रवीन महतो, १ का प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की, ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार, नगरप्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक समुदायका अगुवा, राजनीतिज्ञलगायत सहभागी भएका छन् ।
मलंगवामा आज अवस्था भने सामान्य नै रहेको छ ।