जुटपानी, ०९ साउन – नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार वृद्धाश्रममा आश्रीत बुवाआमालाई भोजन गराइएको छ ।
सर्लाही फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई भोजन गराएको हो । संघका जिल्ला अध्यक्ष विनोद महतको नेतृत्वमा पुगेका व्यवसायीले वृद्धवृद्धालाई एक छाक भोजन गराएका हुन् ।
भोजन गराउन पुगेका व्यवसायीलाई आश्रमकी अध्यक्ष भवानी कोइरालालगायतले धन्यवाद् ज्ञापन गरेका छन् ।