बरहथवा, ०१ साउन – बरहथवा बजारमा आज दिउँसो एक्कासी राजस्व अनुसन्धान कार्यालयको टोली अनुगमनमा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बजारभर व्यापारी र स्थानीय भेला भएकाले भीडभाड बढेको छ । बरहथवा बजारका पसलहरुको अनुगमन सुरु भएसँगै दिउँसोदेखि बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको टोली आकस्मिक रुपमा बरहथवा बजारको अनुगमनमा आइपुगेको हो । बजारका विभिन्न पसलमा पुगेर राजस्व अनुसन्धान कार्यालय पथलैया, आतरिक राजस्व कार्यालय बर्दिवास, जिल्ला प्रशासन कार्यालय सर्लाहीलगायत निकायको टोलीले अनुगमन सिडिओ विजयराज सुवेदीले बताए ।
अचानक अनुगमन टोली आउँदा व्यापारी हच्किएपछि बरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटुवाल, उद्योग वाणिज्य संघ बरहथवाका पदाधिकारीलगायतबिच अहिले वार्ता चलिरहेको स्थानीय पत्रकार लक्ष्मण यादवले उज्यालो अभियानसँग बताएका छन् ।