घाइते विवेक मण्डल ।
गोडैता, ३० असार – चार दिनअघि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका गोडैता नगरपालिका–१०, सिसौटियाका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
मण्डलको आज बिहान २ बजे उपचारका क्रममा बर्न अस्पताल ललितपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले उज्यालो अभियानसँग बताए । ४२ वर्षीय मण्डलले गत शुक्रबार घर नजिकै आत्मदाहको प्रयास गरेका थिए ।
उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत बर्न अस्पताल ललितपुर लगिएको थियो । मण्डलले आत्मदाहको प्रयास गर्नुको कारण प्रष्ट हुन सकेको छैन् ।