लालबन्दी, २९ असार – लालबन्दीमा आज संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
सरकारको पछिल्लो गतिविधि विरुद्ध नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । गणेश नेपालीलाई न्याय, सुकुम्बासीमाथिको अन्यायको अन्त्य, तथा माजिद अंसारी र सरिष्मा थापामाथिको प्रहरी दुर्व्यवहार र गैरकानुनी हिरासतको विरोधमा प्रदर्शन गरिएको अनेरास्ववियु प्रवक्ता समिबाबु पठानले जानकारी दिए ।
संयुक्त विद्यार्थी संगठनले राँके जुलुससहित प्रदर्शन गर्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।