हरिपुर्वा, २९ असार – हरिपुर्वा नगरपालिका २ को वडा कार्यालय आज उद्घाटन गरिएको छ ।
भर्खरै निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको आज मधेश प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, मेयर विनोदकुमार साह तेली, वडाध्यक्ष दिनेश राय यादव र प्रमुख प्रशासकीय अधिकृत जगदीश अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

वडाबाट विनियोजित २० लाख रुपैयाँ र मधेश प्रदेश सरकारको प्रदान गरेको २० लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ बजेटबाट वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष दिनेश राय यादवले बताए ।
।
स्थानीय रुदल रायले निःशुल्क दिएका पौने ६ धुरी जग्गामा एक तले पक्की वडा कार्यालय भवन निर्माण गरिएको स्थानीय वासिन्दा समेत रहेका संचारकर्मी मुकेश झाले बताएका छन् । वडा कार्यालय भवन उद्घाटनकै अवसरमा सोमबार जग्गादाता रायलाई सम्मान गरिएको छ ।

हरिपुर्वा २ को वडा कार्यालय यसअघि जिर्ण अवस्थाको काठाको घरबाट चलाइएको थियो । अब भवनको समस्या टरेको छ ।