बागमती, २५ असार – सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयामा गएसाँझ एक भान्सा घरगोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ ।
स्थानीय ध्रुव पौडेलको भान्सा घरगोठमा आगलागी भएको हो । आगलागीको कारण प्रष्ट हुन सकेको छैन् । आगलागी गाउँले र बरहथवा नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीय वासिन्दा प्रकाश केसीले जानकारी दिए ।
केसीका अनुसार नजिकै पर्ने हरिवन नगरपालिकाको दमकल जेनजी आन्दोलनमा आगजनी भई क्षति भएकाले बरहथवादेखि दमकल आउनुपर्दा आगलागी नियन्त्रणमा समय लागेको थियो । उहाँका अनुसार आगलागीबाट गोठ पूर्णरुपमा जलेको छ ।