जुटपानी, २२ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संस्थापक एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको पहिलो वार्षिक श्रद्धान्जली सभा एवं स्मृति दिवस आज मनाइएको छ ।
स्वर्गिय कोइरालाकी श्रीमती मन्जु कोइरालाको अध्यक्षतामा आश्रम परिसरमै श्रद्धान्जली तथा स्मृति सभा गरिएको हो । कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।
वक्ताहरुले सामाजिक व्यत्तित्व स्वर्गिय वासुदेवशरण कोइरालाको योगदानबारे मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
