चन्द्रनगर, २२ भदौ – सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ बडकुर्वामा रहेको राम जनता आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीले बाढी पीडितलाई सहयोग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक सरोजकुमार सिंहले भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शिक्षकको तर्फबाट ५ दिनको तलब बापतको रकम र विद्यार्थीले खाजाको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।