प्रतिकात्मक तस्बिर ।
कविलासी, २१ भदौ – सर्लाहीको कविलासी नगरपालिका-८, कविलासी बजारमा इ-रिक्सा (मयुरी) को ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नवलपुर–मलङ्गवा सडकखण्डमा पर्ने कविलासी बजारमा शनिबार साँझ मधेश प्रदेश ०४-००१ ह ०६९७ नम्वरको इ-रिक्साले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँकी ६० वर्षीया स्वागवती ठाकुरको मृत्यु भएको हो । नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको इ-रिक्साले ठक्कर दिँदा गम्भीर घाइते भएकी ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इ-रिक्सा र त्यसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।