logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘भान्सा नै अस्पताल कार्यक्रम’ सम्पन्न


  • उज्यालो अभियान

हरिवन, २२ असार – सर्लाहीको हरिवनमा आज भान्सा नै अस्पताल कार्यक्रम सम्पन्न भएको छ ।

उज्यालो अभियान नेपाल संस्थाको आयोजना तथा हरिवन नगरपालिका ८ नं. वडा कार्यालयको सहयोगमा महादेव जनता माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिवन ८ स्थित महादेव माविका विद्यार्थी, शिक्षक, स्थानीय वासिन्दा र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सहभागीलाई डा. राकेशकुमार सिंहले भान्सालाई के–कसरी विषादीमुक्त बनाउने, अर्गानिक खानपान कसरी गर्ने, स्वस्थ जीवन कसरी जिउनेलगायतबारे प्रशिक्षण प्रदान गरेका थिए । उज्यालो अभियान नेपाल संस्थाका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षता, हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यता र महादेव जनता माविका प्रधानाध्यापक गिरिराज रानाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष ढुंगानाले अहिलेको समयमा हरेक खानपानमा बढ्दो विषादीको प्रयोग न्यूनिकरण गर्ने उद्देश्यसहित पहिलो पटक यस प्रकारको अली फरक कार्यक्रम गरिएको बताए ।

विद्यालयका प्रअ रानाले यस्ता कार्यक्रमले घरपरिवारमा स्वस्थकर जीवन जिउन र भान्सालाई विषादीमुक्त टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।