हरिवन, २१ असार – गत वर्ष जेनजी आन्दोलन हुँदा जगन्नाथदेवल केन्द्रीय कारागार कार्यालय काठमाडौंबाट फरार कैदी सर्लाहीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ बस्ने २६ वर्षीय रमन भन्ने रामलाल योन्जन रहेका प्रहरीले जनाएको छ । योन्जन डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।
जेनजी आन्दोलन हुँदा देशका विभिन्न कारागारबाट कैदी फरार हुँदा योन्जनसमेत कारागारबाट भाग्न सफल भएका थिए ।
कैद भुक्तान नगरी १० महिनादेखि फरार रहेका योन्जनलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा गाउँबाट पक्राउ गरेको हो । उनलाई कारागार कार्यालय मलङ्गवामा बुझाइएको छ ।