logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा


  • उज्यालो अभियान

हरिवन, १२ असार – सर्लाहीको हरिवन नगरपालिकालाई आज पूर्णखोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ ।

नगरप्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा नगर उपप्रमुख हरिमाया घलान, जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमख डा. नवलकिशोर झा, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयाललगायतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाको ११ वटै वडामा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको सर्भेक्षण गर्दा सम्पूर्णले आवश्यक खोप प्राप्त गरेको पाइएसँगै पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

प्रत्येक वडामा घरधुरी सर्भेक्षण गरी बालबालिकाले पाउनुपर्ने खोप लगाए/नलगाएको विवरण सङ्कलन गरिएको थियो । सोक्रममा छुट भएका बालबालिकालाई बैशाख महिनामा पूर्णरुपमा खोप लगाएर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए । हरिवन नगरपालिकाका स्वास्थ्यकर्मी श्यामविनाेद कुशवाहाका अनुसार सरकारले बनाएको मापदण्ड अनुसार नगरभित्र १५ महिनासम्मका एक हजार १२० जना बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरिसकेका छन् ।

सर्लाहीमा अहिले विभिन्न पालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिरहेका छन् ।