Oplus_131072
बागमती, २० जेठ – प्रहरीले लागूऔषध ब्राउन सुगरसहित बागमती नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेकाे छ ।
बागमती नगरपालिका-८ निबासी ३० वर्षीय अरुण लामा र धनुषा जिल्लाकाे धनुषाधाम नगरपालिका-७ निबासी ३० वर्षीय सनम लामालाई मंगलबार लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । गाैतमका अनुसार बागमती नपा-८ स्थित अरुण लामाको घरबाट लुकाई छिपाई राखिएको १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, भारतीय ९०० रुपैया, नेपाली २३ हजार ७७० रुपैया र तीन थान माेबाइल बरामद भएकाे छ ।
गाेप्य सूचनाका आधारमा खटिएकाे अस्थायी प्रहरी पाेष्ट साेल्टी बजार र इलाका प्रहरी कार्यालय बरहथवाकाे टाेलीले सामान बरामदसहित दुई जनालाई नियन्त्रणमा लिएकाे प्रनाउ गाैतमले जानकारी दिए । पक्राउ परेका दुवैजना विरुद्ध जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनकाे म्याद लिएर इलाका प्रहरी कार्यालय बरहथवा बाट कारबाही प्रकृया अगाडी बढाइएकाे प्रहरीले जनाएकाे छ ।