logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रधानमन्त्री शाहकाे अभिव्यक्ति विरुद्ध हरिवनमा नेकपाकाे मशाल जुलुस


  • उज्यालो अभियान

मशाल बालेर बिराेध प्रदर्शन गर्दै नेकपाका नेता कार्यकर्ताहरु । (तस्बिर : सामाजिक संजाल)

हरिवन, २० जेठ – प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएकाे अभिव्यक्ति विरुद्ध नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ हरिवनमा मशाल बालेर विराेध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शाहले गत साेमबार संसदमा सांसदहरुले उठाएकाे प्रश्नकाे जवाफ दिने क्रममा `भारतले मात्र हैन नेपालले पनि भारतकाे सीमाना मिचेकाे’ अभिव्यक्ति विरुद्ध नेकपाका नेता कार्यकर्ताहरुले मशाल बालेर विराेध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शाहकाे राष्ट्रघाती अभिव्यक्ति विरुद्ध मशाल जुलुश सहितकाे विराेध प्रदर्शन गरिएकाे नेकपाकी नेतृ आरती लामाले जानकारी दिइन् ।

नेकपाका नेता कार्यकर्ताहरुले मशाल बालेर सरकार विरुद्ध विभिन्न नाराबाजीसहित हरिवन बजारस्थित महेन्द्र राजमार्गमा विराेध प्रदर्शन गरेका थिए ।