भन्सार कार्यालय बुझाइएका माेटरसाइकलहरु । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय सर्लाही)

भन्सार बुझाइएकाे भन्सार छलीका सामान ।
मलंगवा, १९ जेठ – सर्लाही प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार छली गरेर भारतबाट सामान भित्र्याउँदै गरेकाे अवस्थामा पक्राउ परेका तीनजना तथा किराना सामान भन्सार कार्यालय मलंगवामा बुझाएकाे छ । त्यस्तै ७ वटा माेटरसाइकल समेत बुझाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
भारतबाट भन्सार छली गरेर नेपालतर्फ भित्र्याउँदै गरेकाे चार लाख ९७ हजार ५७५ रुपैंया बराबरको मिठाई, किराना सामाग्रीहरु सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । गाैतमका अनुसार BR 30AA 4437, BR 06BD 2124, BR 06 BL 714, BR 30 AH 8455, BR 30 F 9478, BR 30 U 4586 र नम्बर नखुलेको १ गरी सातवटा माेटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएकाे छ ।