फाइल तस्बिर

हरिवन, १४ वैशाख – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आगामी बुधबार सर्लाही आउने भएका छन् ।
आफू उठेको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद ज्ञापनसहित पार्टीले सुरु गरेको जरा अभियान कार्यक्रमका लागि सभापति थापा सर्लाही आउन लागेका हुन् । सर्लाहीको धनकौल बजारमा पार्टीको ४ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको मतदातालाई धन्यवाद ज्ञापन एवं जरा अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सभापति थापा सहभागि हुने क्षेत्रीय समितिले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही-४ बाट पराजित भएयता थापा सर्लाही आएका थिएनन् । आफू उठेको क्षेत्रमा मतदातालाई धन्यवाद ज्ञापनका लागि यसअघि नै पटक-पटक आउने प्रयास गरेपनि पार्टीको केन्द्रीय कार्यक्रममा व्यस्त हुनुपरेका कारण सभापति थापा आउन नसकेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।