बयलवास, ०६ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवासमा केन्द्रीय कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो २५ औँ स्थापना दिवस अर्थात् रजत जयन्ती विभिन्न कार्यक्रमसहित मनाएको छ ।
बरहथवा नगरपालिका–६ मा आयोजित विशेष समारोहका बीच संस्थाले रजत जयन्ती मनाएको हो । संस्थाका अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा तथा प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
रजत जयन्तीको अवसरमा संस्थाको स्थापना कालदेखि हालसम्म योगदान पु¥याउने ६६ जनालाई विभिन्न विधामा सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत भरत साहले जानकारी दिए । उनका अनुसार स्थापना शिरोमणि सम्मानबाट २ जना, सहकारी उदय पुरुष रजत सम्मानबाट ९ जना, सहकारी स्तम्भ रजत सम्मानबाट ५ जना, सेवा निवृत्त रजत गौरव सम्मानबाट २ जना, उत्कृष्ट सञ्चालक सम्मानबाट १ जना तथा सहकारी सञ्चार गौरव सम्मानबाट पत्रकार प्रकाश मैनालीलाई सम्मान गरिएको छ ।
सो कार्यक्रममा नवनिर्वाचित प्रतिनिधी सभा सदस्य साहलाई अभिन्नदन गरिएको छ । त्यस्तै, दीर्घ सेवा रजत गौरव सम्मानबाट ३ जना, सहकारी सेवा रजत रत्न सम्मानबाट ११ जना, कर्म प्रतिभा सम्मानबाट ११ जना तथा सेवा कार्यालय उपसमितिबाट १९ जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ भने १०० जना भन्दा बढी उद्यमी र सबै सदस्यहरुलाई कप प्रदान गरी साधारण साभामा सम्मान गरीएको संस्थाको संचालक समिती सदस्य मेन कुमार गौतम ले जानकारी दिनुभयो ।
संस्थामा हाल १० हजार ३७८ सदस्य आबद्ध रहेका छन् भने ४ वटा सेवा कार्यालय सञ्चालनमा छन् ।