logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही फर्निचर तथा फर्निसिङ्ग यवसायी संघको साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, २८ चैत – सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको साधारण सभा आज लालबन्दीमा सम्पन्न भएको छ ।

लालबन्दीस्थित उद्योग वाणिज्य संघको सभा हलमा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका कोषाध्यक्ष बद्रीप्रसाद हुमागाईलगायतको आतिथ्यता रहेको थियो ।

सभामा संघका जिल्ला अध्यक्ष विनोद महतले विगतका वर्षमा भएका गतिविधिको समिक्षा गर्दै आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा फर्निचर तथा फर्निसिङ्ग व्यवसायीको हकहित, बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनका विषयमा छलफलसमेत भएको आयोजकले जनाएको छ । वक्ताहरुले व्यवसायीबिच एकता र सहकार्यको आवश्यकता रहेकोमा जोड दिएका छन् ।