logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

इरफान अन्सारीको पहिलो म्युजिक भिडियो ‘एक खिल्ली चुरोट’ सार्वजनिक


  • उज्यालो अभियान

नवलपुर, २१ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी निवासी इरफान अन्सारीले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

एक दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अन्सारीले आज नवलपुरमा पत्रकार सम्मेलन गरी ‘एक खिल्ली चुरोट’ बोलको गीत र पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियो भोली औपचारिक रुपमा यूटुब च्यानलमा राख्ने अन्सारीले जानकारी बताए ।

अन्सारी र गायिका सुमित्रा कोइरालाको स्वर रहेको ‘एक खिल्ली चुरोट’ बोलको गीतको म्युजिक भिडियोमा अन्सारी आफै र मोडल अस्मिता जुरेलीले अभिनय गरेका छन् । अन्सारीका अनुसार गीतमा सुमित्रा कोइरालाले शब्द र सङ्गीत दिएका छन् ।

म्युजिक भिडियोमा रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गर्नुभएको अन्सारीले जानकारी दिए ।

जुटपानी युवा क्लबका अध्यक्षसमेत रहनुभएका अन्सारीले यो गीत र म्युजिक भिडियोपछि आफूले लगातार अन्य गीत निकाल्ने योजना रहेकाले गीत सुनेर तथा म्युजिक भिडियो हेरिदिएर सहयोग गरिदिन सबैसँग पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।