हरिवन, १६ फागुन – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीले आफ्ना नेता, कार्यकर्तालाई अबको चुनावमा आफू उम्मेदवार हुने भनेर नहिँड्न सचेत गराएको छ ।
पार्टीका जिल्ला सभापति सरोज बानियाँले हिजो सूचना जारी गर्दै अनधिकृत रुपमा बैठक राख्ने, स्वघोषित उम्मेदवार भनी सामाजिक सन्जालमा घोषणा गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।
यदि अनुमति तथा पार्टीको विधान विपरीत गतिविधि संचालन गरिए अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।