logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस र एमालेले बुझाए ज्ञापन पत्र


  • उज्यालो अभियान

मलंगवा, १६ चैत – सर्लाहीमा हिजो नेपाली कांग्रेस र नेकपा एमालेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

कांग्रेस सर्लाहीले १ वर्षअघि बसबबिरया गाउँपालिकास्थित मानपुर ब्यारेजमा भएको विवादको घटनालाई लिएर षडयन्त्रपूर्वक किसिमले पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतका नेताहरुमाथि मुद्दा दायर गरिएको प्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । कांग्रेसले सर्लाही ४ बाट निर्वाचित डा. अमरेशकुमार सिंह, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराई लगायतले सहमती भइसकेको विषयलाई अहिले बल्झाएर राजनीतिक प्रतिसोध लिन लागिएकाले तुरुन्त मुद्दा फिर्ता लिन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै नेकपा एमाले सर्लाहीले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिसोध साँधेर पक्राउ गरिएको भन्दै तुरुन्त रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

देशव्यापी प्रदर्शनको कार्यक्रम अन्तर्गत नाराबाजीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका एमालेका कार्यकर्ताले ओलीलाई रिहाई गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।