नवलपुर, १३ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनर्वासमा रहेको सलेशदेव प्राथमिक विद्यालयमा आज विद्यार्थीलाई विद्यालय पोसाक (ट्रयाकसुट) र शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब ३२५ डि दर्पण काठमाडौंबाट प्राप्त विद्यालय पोसाक र शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
सहयोगी संस्थाको सन् २०२४–२५ की प्रेसिडेन्ट सुनिता कुमारी श्रेष्ठ आचार्यको प्रमुख आतिथ्यता, विद्यालयका अध्यक्ष अनिलकुमार पासवानको अध्यक्षता तथा विद्यालयका संस्थापक राजाराम पासवान, नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष प्रवीणकुमार पासवानलगायतको आतिथ्यतामा विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जुरेसकुमार पासवानले जानकारी दिए ।