लालबन्दी, ०६ चैत – सर्लाहीमा अहिले रातिबाट तीव्र गतिको हावाहुरी र पानी पर्न रोकिएको छ ।
साँझ ५ बजेपछि तीव्र गतिमा चलेको हावाहुरी, वर्षा र मेघगर्जन अहिले राति साँढे ८ बजेपछि रोकिएको हो ।
हावाहुरीबाट भएको क्षतिको विवरण आइसकेको छैन् । किसानका अनुसार हावाहुरीले मकै बालीमा बढी क्षति गरेको छ ।
मकै ढलेर क्षति गरेको किसानले बताएका छन् । यस्तै, आँप, लिचीका फूल तथा चिचिलामा पनि क्षति पुगेको छ ।
हावाहुरीपछि अवरुद्ध विद्युत बजार क्षेत्रमा सुचारु भए पनि ग्रामीण भेगमा साँझदेखि नै बिजुली अवरुद्ध रहेको हाम्रा संवाददाताले जनाएका छन् ।