लालबन्दी, ०६ चैत – अहिले अपरान्हदेखि सर्लाहीको मौसम पनि बदली भएर धुम्मिन थालेको छ ।
दिउँसोसम्म घाम लागेर सफा रहेको मौसम अहिले बदली भएर धुम्मिन सुरु भएको हो ।
आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।