लालबन्दी, ०६ चैत – तेस्रो लालबन्दी महोत्सवमा आज चर्चित भोजपुरी डान्सर प्रिती पासवानलगायतले प्रस्तुति दिँदै छन् ।
आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अनुसार महोत्सवको आज तेस्रो दिन टिकटकस्टार पासवानसहित अन्य कलाकारले प्रस्तुति दिन लागेका हुन् । यसअघि हिजो बेलुका गायक प्रताप दास, कर्णराज गिरीलगायतले प्रस्तुति दिएका थिए ।
“आर्थिक समृद्धि र स्वरोजगारको आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा आयोजित महोत्सव चैत १५ गतेसम्म संचालन हुने उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।