logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

३३ जना विद्याथीलाई एक लाख बढीको छात्रावृत्ति प्रदान


  • उज्यालो अभियान

हरिभवन, ०४ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवन करहियामा रहेको शिशु कल्याण जनता माध्यमिक विद्यालयमा आज विभिन्न दाताहरुले स्थापना गरेका कोषबाट ३३ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ ।

दाताहरुले आफ्ना दिवंगत सदस्यको नाममा स्थापना गरेको अक्षयकोषबाट ३३ जना विद्यार्थीलाई एक लाख ४ हजार रुपैयाँ बराबरको छात्रावृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नरहरि धामीले जानकारी दिए ।

प्रधानाध्यापक धामीका अनुसार स्व. कर्णबहादुर थापा तथा स्व. टीकाकुमारी थापा स्मृति प्रतिष्ठानले नगद १९ हजार, स्व. बोधराज दाहाल, होमकुमारी, पदम कुमारी, हरिमाया, हरिप्रसाद, चित्रकुमारी, पद्मकुमारी दाहाल स्मृति प्रतिष्ठानले नगद १८ हजार, स्व. सरयूग चौधरी तथा पनिया देवी चौधरी स्मृति प्रतिष्ठानले १७ हजार, स्व. दिनानाथ दुलाल तथा मानकुमारी दुलाल प्रतिष्ष्ठानले ८ हजार, वुद्धिमान, सिद्धिमान, धनमानबाट ७ हजार, स्व. इपकुमारी कार्की स्मृति प्रतिष्ठानबाट ८ हजार, नरबहादुर श्रेष्ठ तथा धनमाया श्रेष्ठबाट १४ हजार, स्व. मानसिंह थापा र पवित्रा प्रतिष्ठानबाट ११ हजार र स्व. राजकुमार सिंह हमाल प्रतिष्ठानबाट १२ हजार नगद प्राप्त भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षता, वडाध्यक्ष सत्यनारायण चौधरीको प्रमुख आतिथ्यता र दाताहरुसहितको आतिथ्यतामा विद्यार्थीलाई नगद छात्रावृत्ति र प्रमाण–पत्र प्रदान गरिएको शिशु कल्याण जनता माध्यमिक विद्यालय हरिभवनले जनायो ।