logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

१० थान अक्सिजन सिलिन्डर सहयोग


  • उज्यालो अभियान

बरहथवा, ०१ चैत – सामाजिक अभियन्ता सरोजकुमार रायले सर्लाहीको बरहथवा नगर अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

बरहथवाका स्थानीय वासिन्दासमेत रहेका रायले अस्पताललाई अक्सिजनसहितको १० थान सिलिन्डर र पाँच थान नेबुलाइजर प्रदान गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सरोजरोशन दासले जानकारी दिए । नगरप्रमुख कल्पनाकुमारी कटुवाल, अन्य जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर प्रदान गरिएको हो ।

नगर अस्पतालमा उपचार सेवा लिन आउने विपन्न बर्गका बिरामीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत तर्फबाट अक्सिजन सिलिन्डर सहयोग गरेको सामाजिक अभियन्ता रायले बताए ।

रायले भर्खरै मात्र बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई एक÷एक थान दमकल उपलब्ध गराएका थिए ।