logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

१६० जनाको निःशुल्क आँखा परीक्षण, ८० जनामा मोतीबिन्दु


  • उज्यालो अभियान

लालबन्दी, २८ पागुन – सर्लाहीको लालबन्दीमा आज ८० जना आँखाका बिरामीमा मोतीविन्दु पुष्टी भएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटी, लालबन्दी सिटी लियो क्लब र लालबन्दी नगरपालिका ७ नं. वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको शिविरमा मोतीविन्दुका ८० जना बिरामी भेटिएका हुन् । मोतीविन्दु देखिएका ४० जना बिरामीलाई फागुन ३० गते र बाँकी ४० जनालाई चैत ७ गते निःशुल्क शल्यक्र्रियाको व्यवस्था मिलाइएको लायन्स क्लब्स इन्टरनेशनल ३२५ एच डिस्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार लालबन्दी ५ जरुवापानीमा रहेको नेपाल रेडक्रस सोसाइटी सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा निःशुल्क मोतीविन्दु परीक्षण शिविर सम्पन्न भएको हो ।

मोतीविन्दु देखा परेका बिरामीलाई सोही स्थानमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको न्यौपानेले उज्यालो अभियानसँग बताए ।