logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

लालबन्दी, २७ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–६, निवासी कमला कार्कीले आफ्नो जन्मदिनको अवसरमा आज वृद्धाआश्रममा खाद्यान्न सहयोग गरेकी छन् ।

कार्कीले जन्मदिनको अवसरमा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाआश्रम जुटपानीका बुवा, आमाहरुलाई दिउँसोको खाजा फ्रुटी, बिस्कुट, फलफूलसहित खाद्यान्न सहयोग गरेकी हुन् । उनले आश्रमका लागि १०० केजी चामल, १० केजी सूजी, १० केजी चिनी र ५ केजी दाल सहयोग गरेकी हुन् ।

कार्कीले श्रीमान दिल्लीबहादुर, ससुरा बुवा–सासु आमा नैनबहादुर र चन्द्रमाया, छोरी यमुनालगायतको उपस्थितिमा उक्त सहयोग गर्नुभएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन् ।