हरिवन, २६ फागुन – सर्लाहीको क्षेत्र नं. ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवारलाई आज हरिवन नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिका कार्यालयमा नगरप्रमुख रमेश बुढाथोकी, अन्य जनप्रतिनिधि र कर्मचारी भएर फूलमाला, खादा र सम्मान–पत्रसहित साहलाई सम्मान गरिएको हो । साहलाई सम्मान गर्दै हरिवनका नगरप्रमुख बुढाथोकीले ३ नं. क्षेत्रको अभिभावक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साहले आफू सर्लाही ३ का सम्पूर्ण नागरिकको जनप्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।