logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मतदान गर्न गाउँ आएकाहरु फर्कन थाले


  • उज्यालो अभियान

यात्रु लिएर काठमाडौं हिँडेको वींगर । (तस्बीर : उज्यालो अभियान)

हरिवन, २४ फागुन – सर्लाहीमा प्रतिनिधि सभा सदस्य चुन्न बिहीबार भएको मतदानमा सरिक हुन आएकाहरु आ–आफ्नो कर्मथलोमा फर्किनेक्रम सुरु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्न काठमाडौंलगायत देशका विभिन्न भागबाट गाउँघर आएकाहरु फर्किनेक्रम सुरु भएको हो । व्यापार व्यवसाय बन्द गरेर मताधिकार प्रयोग गर्न गाउँ आएकाहरु पुनः आफ्नै काममा फर्किएका छन् ।

मतदानका लागि काठमाडौंलगायत विभिन्न ठाउँबाट घर आएका विद्यार्थीहरु पनि अब मतदान सकिएसँगै अध्ययनका लागि पुनः फिर्ता हुने तयारीमा छन् । जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, मलङ्गवालगायत बजार क्षेत्रमा बसेर अध्ययन गर्ने विद्यार्थी पनि मतदानमा सरिक हुन गाउँ, घर पुगेर धमाधम फर्किन थालेका छन् ।

बजार क्षेत्रबाट धेरै जना मतदानकै लागि गाउँ पुगेकाले गाउँमा चहलपहल र बजारी क्षेत्रमा मानिसको उपस्थिति कम देखिन्छ । सर्लाहीमा यो पटक जेनजी समूहका धेरै युवा मतदानमा सहभागी भएका छन् ।

निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको र बिचमा अन्य बिदाहरु पनि परेकाले यो पटक धेरै जना मताधिकार प्रयोग गर्न गाउँ, घर आएको पाइएको छ ।