हरिवन, २३ फागुन – सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारको जीत सुनिश्चित भएको छ ।
साहले मतगणना गर्न बाँकी मत भन्दा बढी अग्रता बनाउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने सुनिश्चित भएको हो । पछिल्लो मतपरिणाम अनुसार साहले ३१ हजार ३४४ मत प्राप्त गरिसकेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी पूर्व गृहमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले १० हजार ५४३ मत प्राप्त गरेका छन् । यहाँ तेस्रो स्थानमा रहेका निवर्तमान प्रतिनिधी सभा सदस्य हरिप्रसाद उप्रेतीले ४ हजार ७१७ मत प्राप्त गरेका छन् ।
२०७९ को निर्वाचनमा एमालेका उप्रेतीले तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार रहेका नरेन्द्र साह कलवारलाई झिनो मतान्तरले पराजित भएका छन् । यसअघि झिनो मतान्तरले पराजित भएका साह यो पटक रास्वपामा प्रवेश गरी सानदार मतका साथ बिजयी हुने निश्चित भएको हो ।
सर्लाही ३ मा रातभरमा मतगणना गरेर सक्ने लक्ष्य रहेको निर्वाचन अधिकृत नवराज आचार्यले उज्यालो अभियानसँग बताए ।