logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्षेत्र नं. २ मा रास्वपाका रविन महताे भारी मतान्तरले विजयी


  • उज्यालो अभियान

विजयी उम्मेद्वार रविन महताेलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया ।

मलंगवा, २३ फागुन – सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महताे भारी मतान्तरले बिजयी भएका छन् ।

महताे ४२ हजार ५१२ मत प्राप्त गर्दै बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत मात्र पाए । यादव यसै निर्वाचन क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।

त्यस्तै नेपाली कांग्रेसका डा. सराेज कुमारले ७ हजार ३९,
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका राजेन्द्र महताेले ५ हजार ९९२, नेपाल संघीय समाजवादी पार्टीका रजी अहमद्ले २ हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले २ हजार २२७ र नेकपा एमालेका नागेश्वर साहले १ हजार ६६३ मत प्राप्त गरे ।

विजयी महताेलाई मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले प्रमाणपत्र प्रदान गरेका छन् । यस क्षेत्रमा १ लाख २५ हजार ३११ कुल मतदाता मध्य ७७ हजार ७८९ मत खसेकामा ७२ हजार ३८१ मत सदर भएकाे छ ।

यसअघि सर्लाही क्षेत्र नं. १ मा रास्वपाकी नितिमा भण्डारी कार्की विजयी भएकी छिन् । त्यस्तै क्षेत्र नं. ३ मा रास्वपाकै नरेन्द्र साह कलवार र क्षेत्र नं. ४ मा रास्वपाका डा. अमरेशकुमार सिंह भारी मतान्तरले अगाडि छन् । क्षेत्र नं. ३ र ४ मा भने अन्तिम मतपरिणाम आउन भोली बिहानसम्म लाग्ने बताइएको छ ।